पब्जी खेल माथिको प्रतिबन्ध हटाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्चले १५ दिनभित्र पब्जीमाथिको प्रतिबन्ध हटाउन सर्वोच्चको अन्तरिम आदेश दिएको छ । ‘पब्जी खेल आधारभूत रुपमा मनोरञ्जनात्मक प्रकृतिको र आम रुपमा प्रशारण भइ आएको खेल हो ’ आदेशमा भनिएको छ ।
चैत २८ गते पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रेस स्वतन्त्रता लगायतका संविधानप्रदत्त मौलिक हकको दृष्टिले यस प्रकारका सामग्रीहरु उपर प्रतिवन्ध लगाउने कानून उचित र तर्कसंगत हुनुका साथै त्यस प्रकारको कानूनले प्रदान गरेको अख्तियारीको औचित्यपूर्ण र विवेकसंगत प्रयोग भएको हुनु बाञ्छनीय हुन्छ।’ भन्ने तथ्य प्रस्तुत हुन आएकोले पब्जी खेलमाथि प्रसारणमा रोक लगाउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

Spread the love