इंग्ल्याण्डको पानामाविरुद्ध गोलको वर्षा

काठमाडौं । खेलको आठौँ मिनेटमा केइरन ट्रिपियरको कर्नरमा जोन स्टोन्सले इंग्ल्याण्डलाई सुरुमा अग्रता दिलाएका ह्यारी केनले पानामामाथि इंग्ल्यान्डले ६–१ को शानदार जित निकालेको छ । रसियामा जारी विश्वकप २०१८ को खेलमा  शानदार जित निकाले सँगै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ ।  इंग्ल्याण्डको जितको लागि कप्तान ह्यारी केनले ह्याट्रिक गरे । त्यस्तै इंग्ल्यान्डका खेलाडी स्टोनले २ तथा लिङ्गार्ड एक गोल गरे । सन् २००२ मा अर्जेन्टिनाविरुद्ध डेभिड बेकह्यामले गोल गरेपछि विश्वकपमा पेनाल्टीबाट इंग्ल्याण्डका लागि गोल गर्ने केन पहिलो खेलाडी हुन् ।

Spread the love