अभाव भन्दै तेब्बर भाडा असुली

Palpa

११ कात्तिक, पाल्पा  – तानसेनदेखि गाउँ जाने र गाउँबाट तानसेन आउने स्थानीय यातायात साधन जिप, भ्यान, कारले मनपरी गाडी भाडा असुल्ने गरेपछि यात्रु मर्कामा परेका छन्   दसैँ–तिहारका बेला पहाडी जिल्ला पाल्पामा सञ्चालित सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् । ९० रूपैयाँ लाग्ने भाडामा तीन सय देखि पाँच सय रूपैयाँसम्म भाडा असुल्ने गरिएको यात्रुको गुनासो छ । इन्धनको अभाव देखाउँदै यहाँ सञ्चालित सवारीसाधनले दोब्बर, तेब्बर गाडीभाडा यात्रुबाट असुल्ने गरेका छन् ।  रासस

Spread the love