तेलको मूल्य बढ्यो, जहाजमा यात्रामहँगो

 अन्तिम  साता विश्व बजारमा तेलको मूल्य एकाएक वृद्धि भई प्रति व्यारल ६० डलर भन्दा बढी पुगेको छ ।   तेलको मूल्य वढेकाले गाडी वा जहाजमा यात्रा गर्नेहरुका लागि आउने दिन थप महँगो पर्ने भएको छ ।  लिवियाको सरकारी तेल उत्पादक कम्पनीले पाइप विस्फोट भएका कारण आफ्नो उत्पादनमा दैनिक एक लाख ब्यारल कम भएको सार्वजनिक भएपछि तेल मूल्य थप वृद्धि भएको हो । यो साढे २ वर्ष यताकै सवैभदा महँगो हो । यसले गाडीमा हाल्ने तेलको मूल्य पनि अव बढ्ने छ । जहाज यात्रा समेत महँगो पर्न सक्छ ।   यस पछि मंगलवार अमेरिकाको बजारमा कच्चा तेलको मूल्य साढे २ प्रतिशतले बढेर ६० डलर प्रति व्यारेल पुगेको थियो ।  तेलको मूल्य बढ्दा तेल उत्पादक खाडी राष्ट्र, रुस भेनजुयला जस्ता देशलाई भने फाइदा पुग्छ ।   अमेरिका विश्वकै सबैभन्दा ठुलो तेल खपत गर्ने देश हो । मूल्य वृद्धिले अमेरिकामा तेल उत्पादन भने वढन सहयोग पुग्ने छ । यसले गर्दा तेल उत्पादन गर्ने राज्यहरुलाई फाइदा हुने छ ।
Spread the love