अमेरिका एनआरएन: काम भन्दा गफ गर्ने मेलो मात्रैं

Nrna Ncc- usa
गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन अमेरिका)मा नेतृत्वका लागि केही महिना अघि भएको चुनावमा अध्यक्ष पदका प्रत्याशी डा केशव पौडलेले ठुलो पुंजी र समय खर्जिएका थिए । पांच जना उम्मेदवार भएपनि अत्याधिक मत ल्याएर उनले चुनाव पनि जिते ।  धेरे थोर अन्य पदका उम्मेदवारको पनि भएको थियो ।  तर, यत्रो पुजीं र समय खर्चको उपदेयता के अहिलेसम्मको कार्यले यो पुष्टि हुन्छ भन्नेमा शंका उव्जिन थालेका छन् । एनआरएन अमेरिका यहां वस्ने नेपाली समुदायको हितका लागि गठित साझा संस्था हो । नेतृत्वको कामवाट समुदायले आफ्नो हित महसुस गर्छ भने मात्र अहिलेको कार्यसमिति सफल मानिन्छ । कार्यसमितिको मूल्यांकन पनि यही आधारमा हुन्छ । तर, वर्तमान नेतृत्व यस प्रति सचेत भएर लागेको छ भन्ने आधारहरु छैनन् । पुरानै प्रवृत्तिवाट नेतृत्व अघि वढिरहेको भान समुदायलाई भईरहेको छ । आकार मात्र ठुलो होइन विश्वास पनि वढउंदै  गरेको एनआरएन ठप्प रोकिएको छ ।
अध्यक्षमा डा पौडेलले अत्याधिक मत पाउनुमा वोस्टन देखि लसएञ्जल्ससम्म कयौं समुदायमा सकृय विभिन्न पेशा र क्षेत्रकाले सहयोग गरेका थिए । त्यत्तिको व्यक्ति नेतृत्वमा चुनिदां सस्था अझ अघि फराकिन्छ र वढ्छ भन्ने उनीहरुको चाहना थियो । यस्ता सहयोगीहरु र पौडेलल विच अहिले खासै सम्पर्क छैन् । पौडेलले चुनावका बेला समर्थन गर्नेहरुलाई समेट्न सकेका छन् । एनआरएन अमेरिका भनेको कार्यसमिति मात्र होइन । कुनै पनि निर्णयलाई औपचारिकता दिन कार्यसमितिमा लग्नु पर्ने प्राविधिक पक्ष हो । नेपाली समुदायको हितका लागि गर्नु पर्ने कामहरुका वारेमा समुदायसंग सरसल्लाह लिनै पर्छ । केही विद्यार्थीहरुले अष्ट्रेलियामा छुटट्ै संगठन खोलेको यर्थाथलाई भुल्नु हुदैंन । यस्तो अवस्था यहां पनि आउन सक्छ । एनआरएन भनेको अव कार्यसमिति मात्र हो भन्ने भ्रमले संस्था संकुचित हुदैं गएको देखिन्छ । नेपाल अहिले गम्भिर राजनीतिक समस्यामा छ । देशको यो अवस्थावाट अमेरिका वस्ने नेपाली समुदायपनि कम चिन्चित छैन । देशका वारेमा आफुलाई लागेको भन्न चाहनेहरु थुप्रै छन् । यस्तो अवस्थामा यहां वस्ने समुदायलाई पनि राजनीतिक निकासका लागि एनआरएनले सकृय वनाउन सक्छ । तर, एनआरएन अमेरिका देशमा भएको यत्रो ठुलो घटना प्रति मौन वसेको छ । समुदायसंग सम्पर्क टाढिदैं गर्दा यस्तो भएको हो ।
अमेरिकामा नेपाली जहां छन त्यहां कुनै न कुनै संघ संस्था छन् । यस्तो संस्थाहरुसंग सम्पर्क र समन्वय नगर्ने हो भने एनआरएनको भुमिका पनि सांघुुरिन्छ । डा पौडेल लगायत अन्य कयौं उम्मेदवारले विभिन्न सहरमा रहेका नेपाली संघ संगठनसंग निकट रहेर काम गर्ने चुनावी नारा पनि वनाएका थिए । व्यवसायमा वढ्दै गरेका नेपाली समुदायलाई समेट्ने पनि नारा थियो । तर, यस्ता चुनावका वेला भनेका वाचाहरु के के थिए के हुदैं छ कार्यसमितिले गम्भिर रुपमा मनन नगर्ने हो भने यो कार्यसमिति पनि अन्य भन्दा फरक हुने छैन ।
आउने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) एनआरएन अमेरिका कसरी प्रस्तुत हुने यो पनि अहिलेको मुख्य सवाल हो । आईसीसीमा अमेरिकाको भुमिका अहिलेसम्म निकै कमजोर छ । यसपटक सवैभन्दा वढी सदश्य भएको र काठमाडौमा वन्न लागेको एनआरएन सचिवालयका लागि सवैभन्दा वढी रकम घोषणा गर्ने अमेरिकामा वस्ने एनआरएन भएकाले पनि केही वढी भुमिका खोज्नु पर्छ । पुर्व अध्यक्ष खगेन्द्र जीसीले आईसीसीमा उम्मेदवार दिने चाहना व्यक्त गरेका छन् । तर, कुन पदमा जाने घोषणा गर्न सकेका छैनन् । यसै विचमा एनआरएन अमेरिकाका सदश्य रतन झाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे । यसरी व्यक्तिगत घोषणाले मात्र आईसीसीमा अमेरिकाको पकड हुन सक्दैनन् । यस सवालमा पनि एनआरएन अमेरिकाले गम्भिर भएर छलफल गर्नु पर्छ । यसका लागि उपयुक्त माहौल वनाउने अहिलेको नेतृत्वको हो । होइन भने यसपटक पनि काठमाडौमा अक्टोवरमा हुन लागेको आईसीसी सम्मेलनमा अमेरिकाको भुमिका कमजोर नै हुने छ ।
विभिन्न कमिटी वनाउने, भाषण गरेर मात्र काम समुदायले महसुस गर्ने काम हुदैंन । अमेरिकामा वस्ने नेपाली समुदायले पौडल नेतृत्वमा रहेको कार्यसमितिले यस्ता राम्रो  काम गरेको थियो भन्न सक्यो भने मात्र चुनावमा खर्च भएको पैसा र समयको सदुपयोग हुन्छ ।
Spread the love