क्यानडामा कोरोना खोपको विरोधमा दोस्रो दिन पनि राजधानी ठप्प

१७ माघ, काठमाडौं । ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्।

उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ। प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन । त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेर्स्याएर यातायात सेवा अवरुद्ध पारेका छन् । ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि क्यानडाको राजधानी ओटावा ठप्प भएको बीबीसीले जनाएको छ ।

Spread the love