एनएमबि बैंकको लगानी योग्य पुँजी – बेलायतबाट डेढ अर्ब ल्याउने

काठमाडौं :  बेलायती संस्था सीबीसीले एनएमबि बैंकलाई १५ मिलियन डलर दिनका लागि स्वीकृति दिइसकेको छ ।  नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको संकट टार्ने उद्देश्यले एनएमबि बैंकले विदेशबाट १५ मिलियन अर्थात् डेढ अर्ब रुपैयाँ ल्याउने भएको छ । एनएमबि कैंकले आइएफसीबाट १५ मिलियन डलर ल्याइसकेको छ ।  बेलायत सरकारको कम्पनी सीबीसीबाट उक्त रकम ल्याउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । निक्षेप संकलन र कर्जा विस्तारबीचको असन्तुलत बढेपछि बैंकहरु थप ऋण दिन सक्ने अवस्थामा छैनन् । तरलताको अभाव भएपछि बैंकहरु निक्षेप आकर्षित गर्न ब्याजदर बढाउने प्रतिस्पर्धामा खरो उत्रिने गरेका छन् ।

सीबीसीबाट बैंकले ल्याउने ऋणको अवधि ३ वर्षको हुने छ भने ब्याजदर साढे ५ देखि ६ प्रतिशतसम्म पर्नेछ ।  निक्षेप वृद्धिको तुलनामा बैंकहरुले दोब्बर बढीले कर्जा बढाएका कारण महिना दिनदेखि बैंकिङ प्रणालीमा तरलता छैन । तरलता अभावका कारण बैंकहरुले थप ऋण दिन सकेका छैनन् । महंगो ब्याजदरमा निक्षेप उठाएपछि ऋणको ब्याजदर पनि महंगो हुने गरेको छ । महंगो ब्याजदरमा ऋण लिएर उद्योग व्यवसाय सञ्चालन गर्न कठिन हुने भन्दै उद्योगी व्यवसायीहरुले पनि तरलताको समस्या दीर्घकालीनरुपमै समाधान गर्नुपर्ने माग राख्दै आएका छन् ।

Spread the love