देशनिकाला गर्न लागिएका आप्रवासी न्युयोर्कको विमानस्थलबाट भागे

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका एजेन्टको हिराशतमा रहेका मोहम्मदउ लामिने मंगलबार बेलुका साढे ८ बजेतिर विमानस्थलबाट ट्याक्सी चढेर भागेका छ। अमेरिकाबाट देशनिकाला गर्नका लागि न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा लगिएका एकजना आप्रवासी त्यहाँबाट ट्याक्सी चढेर भागेका छन् । उनलाई विमानस्थलबाट हवाई जहाज चढाएर सेनेगल पठाउन लागिएको थियो । उनलाई जोन अफ केनेडी विमानस्थलको टर्मिनल ४ मा सेनेगल जाने फ्लाइटमा राख्नका लागि एक्सरे स्क्रिनिङ गरिदै थियो । अमेरिकामा सन् २००५ मा कानुनी रुपमा नै आएका थिए । पछि उनले आफ्नै बैध हैसियत गुमाएका थिए । उनलाई सन् २०१५ को सेप्टेम्बरमा देशनिकालाको आदेश दिइएको थियो । पहंलो ट्याक्सीमा फरार उनलाई अहिलेसम्म पनि पक्राउ गर्न सकिएको छैन ।

Spread the love