बहुमतीय सरकार बन्ने लगभग निश्चित – सोमबार प्रधानमन्त्री चयन

nepali poltic in nepal

काठमाडौँ : अब बहुमतीय सरकार बन्ने लगभग निश्चित भएको छ। सोमबार नै बहुमतीय प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ्ने भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिदैछ । तर दलहरुबीच सहमतीय सरकारका लागि कुनै सार्थक सम्वाद भएको छैन। राष्ट्रपतिको आव्हानलाई सम्मान गर्न दलहरुले औपचारिकता मात्रै निर्वाह गरेका छन्। बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिको आव्हानसहितको पत्र प्राप्त गर्नसाथ प्रधानमन्त्री चुनावको प्रकिया थाल्ने तयारीमा संसद्‌ सचिवालय छ।  सचिवालयले बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ। बुधबार नै प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्नेछन्। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

Spread the love