न्यूयोर्कमा “नेपथ्य” ब्याण्डको लाईभ शो हुने

न्यूयोर्कमा “नेपथ्य” ब्याण्डको लाईभ शो आगामी अगस्ट २९ तारिख शनिवार हुने भएको छ । म्युजिक फोर युनिटीको नारा सहित अगस्त २९ मा न्युयोर्कमा नेपथ्य नाइट लाइभ शो हुने भएको छ । चर्चित ब्याण्ड नेपथ्यले अमेरिकामा पहिलो पटक प्रस्तुति गर्न लागेको हो । दर्शक को माग लाई ध्यान मा राखेर उक्त कार्यक्रम गर्न लागेको कुरा आयोजक बिश्व बहादुर शाह बताउनु हुन्छ । न्युयोर्कको ज्याक्सन हाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गर्दै शाह ले भबिश्य मा नेपाल मा पनि कुनै अन्त राष्ट्रिय कार्यक्रम गर्ने बिचार ब्यक्त गर्नु भएको थियो ।

लुम्बिनी इन्टरनेसनल इन्कसँगको सहकार्यमा ओडीसी इन्टरटेन्मेन्टले न्युयोर्कमा नेपथ्य शो गर्न लागेको हो । क रिब क रिब ३ प्रयासपछि नेपथ्यको कन्सर्ट अमेरिकामा गर्न लागिएको ओडीसी इन्टरटेन्मेन्टका सिमान्त गुरुङले जानकारी दिए । एनआरएन आईसीसीका डीआरसी सोनाम लामाले लामो इतिहास बोकेको नेपाली ब्यान्ड ले कार्यक्रम गर्न लागेको मा खुशी ब्यक्त गरे ।

म्यानहटनको ३४ स्ट्रीट आठौं र नवौं एभिन्युको बीचमा रहेको म्यानहटन सेन्टरमा हुने कन्सर्टका लागि नेपथ्य र नेपालयको १० जनाको टोली आगामी साता न्युयोर्क आउने भएको छ । बेलुकी ८ बजेदेखि हुने कार्यक्रमका लागि टिकट शुल्क ३५ डलरदेखि १०० डलरसम्म राखिएको छ । टिकट अनलाइनमा पनि किन्न सकिन्छ भने हरेक दिन ज्याक्सनहाइटमा रहेका नेपाली रेष्टुरेण्टहरु र ज्याक्सनहाइटमा रहेको डाईभर्सिटी प्लाजामा किन्न सकिने विश्व शाहले जानकारी दिनुभयो ।

छेक्यो छेक्यो देउराली डाँडा, सा कर्णाली, जोमसोम बजारमा, भेंडाको उनजस्तो, उडायो रेलैले, हिमाल चुचुरे, रेशम, तालको पानी जस्ता गितका कारण चर्चित नेपथ्य ब्याण्डको शो न्युयोर्क बाहेक अन्य राज्यमा पनि गर्ने तयारी भइरहेको छ । ३५ सय दर्शक क्षमताको म्यानहटन सेन्टरमा हुने शोका लागि धमाधम टिकट बिक्री भइरहेको आयोजकले जानकारी दिएका छन् ।

पत्रकार प्रशान एलुङ राइ ले सन्चालन गरेको उक्त कार्यक्रम २ घन्टा सम्म चलेको थियो । बाक्लो सख्या मा पत्रकार हरु को उपस्थिती थियो, उक्त कार्यक्रम मा पत्रकार किशोर पन्थी, सैलेश श्रेस्ट,सहदेब पौडेल देखी लेखक राजन थपलिया सम्म को उपस्थिती थियो ।

15082720nepathya

 

Spread the love