जापानले कामदार लैजाने हल्लामा जापानिज भाषा सिक्ने लहर

काठमाडौं  : जापानले सरकारीस्तरबाट नेपाली कामदार लैजानेबारे  हल्लामा जापानिज भाषा सिक्ने लहर सुरु भएको छ ।  जापान जाने चाहनामा भाषा सिक्नेको लहरै चलेको छ । पुस अन्तिम साता जापानी विदेशमन्त्री तारो कनो नेपाल आएका बेला नेपाली कामदार लैजानेबारे दुई देशबीच छलफल भएको देखिए पनि सोकाुराको टुङ्गो लागेको छैन ।  हल्लै–हाल्लको पछि लाग्ने प्रबृत्ति जापनिज भाषा सिकाईमा पनि देखिएको छ । अहिले  कामदार आपूर्तिबारे दुई देशबीच ठोश सहमति भएको छैन । काठमाडौका बागबजार, चाबहिल, नयाँ बसपार्क, कलंकीलगायत स्थनमा रोजगारीका लागि जापान जानेका लागि भन्दै इन्सिच्युटहरुले मापदण्ड र पाढ्यक्रम विना नै भाषा कक्षा चलाइ रहेका छन् ।  जापानले पनि दक्षिण कोरियाले जस्तै भाषा परीक्षा लिएर कामदार लैजाने ‘हल्ला’ भयो । त्यही ‘हल्ला’ बढ्दै जाँदा यतिबेला काठमाडौंमा जापनिज भाषा सिक्ने लहर चलेको छ ।

Spread the love