पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर परीक्षण अब नेपालमै

काठमाडौं: इन्धन बोक्ने ट्यांकरको गुणस्तर परीक्षण अब नेपालमै हुने भएको छ । अत्याधुनिक प्रविधिसहितको सुविधा नेपालमा नहुँदा नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले गर्ने क्यालिब्रेसनलाई मान्यता दिँदै आएको छ । पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट इन्धन चुहावट हुने क्रम बढेपछि गुणस्तर तथा नापतौल विभागले हेटौंडामा क्यालिब्रेसन (गुणस्तर परीक्षण) गर्न भौतिक पूर्वाधार निर्माण गरेको छ । क्यालिब्रेसन गर्ने युनिट खडा भएपछि नेपालमै ट्यांकरको क्यालिब्रेसन गर्न सम्भव भएको हो । ‘नेपालमा हालसम्म यो क्षमताको अत्याधुनिक सुविधासहितको क्यालिब्रेसन युनिट छैन’, अब इन्धन ट्यांकरको क्यालिब्र्रेसन गर्नुका साथै फ्लो मिटर र वाटर मिटरको पनि परीक्षण गर्न  नेपालमै सम्भव हुन्छ । दुई वर्षअघि सरकारको कार्यदलले गुणस्तर ऐनअनुसार ट्यांकरको क्यालिब्रेसन गरी इन्धन चुहावट नियन्त्रण गर्न दिएको निगमसहित इन्धन बिक्रेता घाटा व्यहोर्न बाध्य छन् । तोकिएको परिमाणको रकम असुल गरेर पनि पम्प सञ्चालकले घटी परिमाणमा इन्धन प्राप्त गर्दै आइरहेका छन् ।

Spread the love