नाकाबन्दीले भूकम्पको जति नै क्षति – अर्थ मन्त्रालय

nakabandi

१३ कात्तिक, काठमाडौं – भूकम्पमा मुलुकको भौतिकतर्फ पाँच खर्ब १३ अर्ब र राजस्वलगायतको नोक्सानी एक खर्ब ८७ अर्ब गरी सात खर्ब रुपैयाँ भएको छ ।  १२ वैशाख र त्यसपछिका परकम्पले थला परेको नेपालको अर्थतन्त्रमा तराई मधेसको आन्दोलन र भारतीय नाकाबन्दीले करिब पाँच खर्ब रुपैयाँको क्षति भएको छ । भूकम्प र भारतीय नाकाबन्दीले मुलुकको कुल गार्हस्थ उत्पादनमा झन्डै आधा अर्थात् करिब १२ खर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । भन्सार अवरोधबाट दैनिक ५० करोड रुपैयाँ राजस्व गुमिरहेको अर्थ मन्त्रालयले जनाएको छ । उत्पादन घटेर व्यवसाय राम्रो नहुँदा कर तिर्न पनि व्यवसायीलाई समस्या परेको छ । ठूला लगानीकर्ताले बैंकको सावाँ–ब्याज तिर्न सकेका छैनन् ।   भूकम्पपछि निर्माण अवरुद्ध भएका जलविद्युत् आयोजनाले पनि इन्धन अभावमा काम सुरु गर्न सकेका छैनन् । असोजको पहिलो हप्ताबाट काम थाल्ने तयारी गरिरहेका आयोजनाले इन्धन अभावमा सुरु गर्न सकेका छैनन् । सार्वजनिक र निजी क्षेत्रबाट निर्माणाधीन सबै आयोजनाको काम रोकिएको छ ।यसले मुलुकको अर्थतन्त्रका साथै सामाजिक संरचनामा पनि असर परेको छ । भन्सार अवरोध र तराईमा भइरहेको लगातारको बन्दले औद्योगिक उत्पादन ठप्प रहेको खबर छ ।स्रोत: नयाँ पत्रिका

Spread the love