कलंकी सडक बनाउन नागरीक दवाब सुरु

काठमाडौँ  : स्वच्छ हावामा सास फेर्न पाउनु पर्ने भन्दै असोज १२ गते विरोध प्रदर्शन गर्दै लाखौं बासिन्दा धूलोधुवाँले आक्रान्त छन्।   एकछिन हिँड्दा पनि सास फेर्न उकुसमुकुस हुन्छ।  चन्द्रागिरि-१५ का स्थानीय अचेल उनीहरू झ्याल खोल्दैनन्। बार्दलीका ढोका पनि ढ्यामढुम्मै हुन्छ। सोबास गर्नेले यस्तो धूलाम्मे हावामा सास फेर्नु भनेको रोगलाई खुला निम्तो दिनु हो । चौबीसै घन्टा व्यस्त  गाडीको ओहोरदोहोर नथामिएपछि धूलोले विश्राम पाउने कुरै छैन । कहिलेकाहीँ जब पानी पर्छ, त्यति बेला मात्र झ्यालबाट चिसो बतास कोठाभित्र छिर्न पाउँछ। कलंकी–नागढुंगा सडक खण्डमा बसोबास गर्ने स्थानीयको जीवनयापन नै खल्बलिएको छ।

Spread the love