भुकम्पको खतरा नभएकोले धरानमा ‘मिस एसएलसी’ सुरु

miss SLC in nepal

धरान जेसिजले आयोजना गर्न लागेको ‘मिस एसएलसी’ प्रतियोगीताको यहि जेठ २२ गते हुने फाईनल प्रतिष्पर्धाका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।  गत वर्ष धरान सभागृहमा भएको ‘मिस एसएलसी’को फाइनल यसपटक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दशहरा हलमा हुँदैछ ।

एसएलसी दिएर बसेका १८ किशोरी सहभागी प्रतिष्पर्धामा विजेताले डिपो उच्च मावीमा निशुल्क कक्षा ११ र १२ अध्ययन गर्ने अवसर र नगद ३० हजार पाउनेछिन् । त्यस्तै फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः नगद २५ हजार र २० हजार तथा डिपो उच्च मावीमा अध्ययन गर्दा ५० प्रतिशत छुट पाउनेछन् । त्यस्तै उत्कृष्ठ १० जनालाई अध्ययनमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

बुधबार होटल साँझमा आयोजीत पत्रकार सम्मेलनमा उनले भने-‘दशहरा हलमा पाँचतिर ढोका छन् र बाहिर खुल्ला ठाउँ प्रसस्त भएकाले भूकम्प आएपनि खतरा छैन ।’

Spread the love