मेक्सिकोमा गोली चल्दा २० जनाको मृत्यु

Mexico City

काठमाडौं : मेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ ।  मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ।

घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ ।

Spread the love