मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँः ब्राजिललाई यो पटकको विश्वकपको दाबेदारका रुपमा हेरिएको छ । मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको ५१ औँ मिनेटमा डी बक्स भित्रबाट विलियनले दिएको क्रस पासलाई नेमारले टच गरेर जालीको दिशा दिएपछि ब्राजिलले अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिम दोस्रो हाफमा आक्रमक भएको अवस्थामा ब्राजिलले अग्रता लिएको थियो ।  पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । यो सँगै ब्राजिल विश्वकपमा लगातार सातौँ पटक क्वार्टर फाइलनमा पुगेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत प्रिक्वार्टर फाइनल खेल अन्तरगत पहिलो हाफमा गोलरहित बराबरी खेलेको अवस्थामा दोस्रो हाफको सुरुमा नेमारले गोल गर्दै मेक्सिकोविरद्ध अग्रता दिलाएका थिए ।

 

Spread the love