डोल्पा चिनाउने चलचित्र ‘म्हेन्दु’ प्रर्दशनको तयारीमा

रामचन्द्र न्यौपाने, त्रिपुराकोट(डोल्पा) १३ कार्तिक :  बिकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र म्हेन्दुप्रर्दशनको अन्तिम तयारीमा रहेको छ । सुन्दरी,परी वा फुलको अर्थ बोेकको चलचित्र म्हेन्दुको सम्पादन,डबिङ् लगाएतको काम सम्पन्न भईसकेकाले तीहारको अवसर पारेर डोल्पामा च्यारीटी शो गर्ने र डोल्पापछि अस्ट्रेलिया,दुबई,कतार, मलेशीया, जापान, अमेरीका लगाएतका देशहरुमा समेत प्रर्दशनगर्ने निर्माणपक्षले जनाएको छ ।
नेपालका हलहरुमा माघको दोस्रोसाता पछि प्रर्दशनगर्ने बताईएको छ । डोल्पाको मौलिकतालाई झल्काईएको चलचित्र म्हेन्दुको छायाङ्कननेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिर,मान्छेको बली दिने ईतिहाँस बोकेको ऐतिहाँसिक क्षेत्र राजारानी लगाएतका प्रमुख पर्यटकिय गन्तब्यहरुमा गरिएको हो ।
डोल्पालीको जीवनशैली र उनीहरुको यथार्त परिदृष्यमा आधारित रहेर छायाँङन गरिएको चलचित्र म्हेन्दुले समग्र हिमाली क्षेत्रको बास्तबिकतालाई प्रतिनिधित्व गरेको छ । त्यतिमात्रै नभई भौगोलिक बिकटताको कारण सामान्य औषधी उपचार नपाएरै ज्यान समेत गुमाउपर्ने हिमाली महिलाहरुको बास्तबिकतालाई समेत चलचित्रले उजागरगर्न खोजेको निर्देशक देब नेपालले जानकारी दिए । देब नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दुलाई करिब एक करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुन प्रसाद डोटेलले बताए ।
मारोन मुभिज एण्ड ईन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दुमा स्थानीय कलाकार लक्ष्मण देबकोटा,भोला तिमल्सेना,सोनु राई,रमेश सोडारी,शान्ति घिसिङ्,चन्द्रमनी मुडभरी,कालुराना,बिन्दा थिङ,प्रतिक्षा खतिवडा,एस राज कुमार,बाबुराजा शाक्य लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
रोहित बिक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दुमा ,द्धन्द निर्देशन राजु किँरातीले गरेकाछन् भने बिमल डाँगी,सरोज कोईराला र कुमार लामा योञ्जनले चलचित्रलाई संगीतबद्ध गरेकाछन् । चलचित्र म्हेन्दुमा डोल्पालीको जनजिविका मात्रै नभई डोल्पाको अनुपम प्राकृतिक सौन्दर्यतालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको बताईएको छ ।
आफ्नै गाँउठाँउमा खिचिएको र डोल्पालीको दुख,पिडालाई कथात्मक ढङ्गले चलचित्रमा उतारिएकाले डोल्पालीहरु चलचित्र प्रदर्शनको बेग्र प्रतिक्षामा छन् ।
देशकै सुन्दर पर्यटकिय गन्तब्य भित्रपर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश बिदेशमा चिनाउने डोल्पालीको अपेक्षा छ ।

Spread the love