मन्त्रि माया भट्टको आस्वासनपछि रिले अनसन स्थगित

बैतडी असोज २७ गएको शुक्रबार अर्थात असोज २४ गते जिल्ला प्रशासन कार्यालय बैतडीस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि माया भट्ट र जुलाघाट मुल निर्माण संघर्ष समिति बिच अढाई घण्टा छलफल भयो । छलफल जुलाघाटमा मोटरेवल पुल निर्माण सम्बन्धिनै केन्द्रित थियो । सो दिन अनशनको ३४ दिन भैसकेको थियो । अनसनकारी र मन्त्रि भट्ट बिचको छलफलले अनसन स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने मौखिक सहमती भएको थियो ।

अनसन बसेको ३४ दिन भईसक्दा समेत सरकार पक्षबाट कुनै पहल नभएपछि निरास बनेका अनशनकारीहरुमा थोरै भएपनि आशा पलायो । मौखिक प्रतिवद्धतामा मन्त्री भट्टले जुलाघाटमा मोटरेवल पुलका लागि आफुले पहले गर्ने बाताएकी छिन् । पुलको मुद्धा समग्र जिल्लावासी र सुदूरपश्चिम प्रदेशका भएकाले आफुले यसबारेमा संघीय सरकारसंग छलफल गर्ने उहाँको भनाई छ । आन्दोलनको स्वरुप परिवर्तन गरे आफुले अनसाकारीलाई पुर्ण सहयोग गर्दै संघीय सरकारको ढोकामा गई पुल निर्माणको प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता गरेपछि संघर्ष समितिले आन्दोलनको स्वरुप परिवर्तन गर्दै सोमबार ३७ औँ दिनमा अनसन स्थगित गर्दै थप आन्दोलनका कार्यक्रम काठमाण्डौँ केन्द्रित गर्ने जनाएको छ । एक विज्ञप्ती जारी गर्दै समितिले यस्तो जनाएको हो । मौखिक प्रतिवद्धताका आधारमा काठमाण्डौँ कन्द्रित अनसनमा मन्त्रि माया भट्टको पुर्ण साथ रहने संघर्ष समितिले आशा गरेको छ । साथै यद्दपी संघर्ष समितिको काठमाण्डौँ केन्द्रित आन्दोलनका कार्यक्रममा जनप्रतिनिधिको भुमीका के रहन्छ भन्ने कुरा हेर्न बाँकी छ ।

Spread the love