योगमा उत्तमको विश्व रेकर्ड – ५० घन्टा १५ मिनेटको योग म्याराथन

Uttam-Moktan yog marathon sibir

काठमाडौंः नेपालका उत्तम मोक्तानले योग म्याराथनमा विश्व रेकर्ड बनाएका छन् । विश्व दर्शन अभियान नेपालले आयोजना गरेको कार्यक्रममा रेकर्डका लागि अभ्यास थाल्नुअघि मोक्तानले कम्तीमा ४५ र बढीमा ६० घन्टा योग गर्ने बताएका थिए । यसअघि भारतीय नागरिक योगराज सीपीले निरन्तर ४० घन्टा १५ मिनेट योग गरेर बनाएको विश्वकीर्तिमानलाई मोक्तानले तोडेका हुन् । काठमाडौंको वाल्मीकि क्याम्पसमा पुस २ देखि ४ गतेसम्म लगातार ५० घन्टा १५ मिनेट योग गरेर रेकर्ड तोडेका हुन् ।
भारतीय रेकर्डलाई १० घन्टाले जित्न सफल भएँ । सायद विश्व रेकर्ड कायम हुन्छ ।’ उनले पुस ४ गते दिउँसो १ बजेर १५ मिनेटमा ५० घन्टा १५ मिनेट योग गरेपछि बोलेको कुरोलाई दुई दिनअघि गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले पुष्टि गरिदिएको हो । हाल अस्ट्रेलियामा रहेका विश्वकीर्तिमानधारी उत्तम मोक्तानले फेसबुकमार्फत भनेका छन्, ‘म यो सफलताले अत्यन्त हर्षित छु । झन्डै आठ वर्षअघि डा. योगी विकाशानन्दको मनोक्रान्ति योग साधनामा लागेका मोक्तानले पूर्वाञ्चलको झापामा रहेका भुटानी शरणार्थीलाई करिब साढे तीन वर्ष योग प्रशिक्षण गरेका थिए । उनले भारतको बैंगलोरस्थित विवेकानन्द योग विश्वविद्यालयबाट योगमा बीएस्सी गरेका थिए ।

मोक्तानले ५० घन्टे योग म्याराथनमा एकहाते मयुर आसन, चक्रासन, चतुरंग दण्डासन, एक पाद र दुई पाद शीर्षासनजस्ता कठिन योगासन पनि पटकपटक गरेका थिए । विश्व दर्शन अभियानका विश्वयात्रीद्वय नवराज र नारायण भट्टराईले विकाशानन्दको मनोक्रान्तिमा सँगै भएको र पछि भारतबाट अध्ययन गरेर फर्किएपछि पुनः भेट हुँदा योग म्याराथन गर्ने मनशाय राखेपछि कार्यक्रम आयोजना गरेको जानकारी दिए । गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अनुसार काभ्रेस्थित फोक्सिन्टार–३ का ३० वर्षीय उनले विश्व रेकर्ड कायम गरेका हुन् ।

Spread the love