चीनको झण्डा जलाउनु मधेशी मोर्चाको मुर्खता

८ असोज, काठमाडौं । आन्दोलनकारीले चीनको झण्डा जलाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सुरु भएको विवाद झुसको ओगो झै सल्किएको छ । असोज ५ गते राजविराजमा मधेसी मोर्चाको बैठक बसिरहँदा सुनसरीको इनरुवामा आन्दोलनकारीले चीनको झण्डा जलाएका थिए । सद्भावना पार्टीको कार्यालयबाट निस्किएको जुलस केही अगाडि पुगेपछि केही युवाहरुले नयाँ संविधानलाई समर्थन गरेको भन्दै चीनको झण्डा लगाए ।  एउटा छिमेकीको सहरा लिएर अर्को छिमेकीको झण्डा जलाउने कार्यले कुटनीतिक बृत्तमा मात्र हैन स्वयं आन्दोलनकारीहरुवीच पनि गहिरो मतभेद सिर्जना गरिदिएको छ । राजेन्द्र महतोका कार्यकर्ताहरुले चिनियाँ झण्डा जलाएपछि पूर्व परराष्ट्रमन्त्रीसमेत रहिसकेका उपेन्द्र यादवले त्यसको चर्को बिरोध गरेका छन् । जसका कारण आन्दोलनलाई सहयोग गर्ने बिदेशीहरुलाई धन्यबाद दिँदै बिज्ञप्ति जारी गर्ने मधेसी मोर्चाको निर्णय तुहिएको छ ।  चिनियाँ झण्डा जलाएको काण्डले मधेसी मोर्चाभित्रको विवाद भने उत्कर्षमा पुर्‍याएको छ ।

चिनियाँ झण्डा जलाएइको तस्वीर चिनियाँ बिदेश मन्त्रालयसम्म पुगेपछि यतिबेला चीनले मधेस आन्दोलन र त्यसमा भारतीय भूमिकाप्रति चिन्ता जनाइरहेको छ । अनौपचारिक माध्यमहरुवाट उसले मधेसलाई उचाल्ने भारतीय नीतिप्रति असन्तुष्टि जनाइसकेको छ । त्यो वक्तव्यमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छैन् । अन्तमा, उनकै अडानका कारण यो विज्ञप्ति संशोधन भयो र आन्दोलनमा समर्थन गर्ने अन्तराष्ट्रिय समुदायलाई धन्यवाद दिने बुँदा हटाइयो र त्यसको स्थानमा चिनियाँ झण्डा जलाएकोप्रति भत्र्सना गरिएको बुँदा राखियो ।

Madhesi Morcha

स्रोत: onlinekhabar

Spread the love