काठमाडौंमा शनिबारबाट ग्यासको बिक्री सुरु

lp Gas

१३ कात्तिक, काठमाडौं – काठमाडौंमा (शनिबार)बाट ग्यास डिपोहरुबाट ग्यासको बिक्री सुरु हुँदैछ ।  उपभोक्ताहरुले आफ्नो नजिकको ग्यास डिपोहरुबाट ७ दशमलव १ किलोग्राम ग्यास भरिएको सिलिन्डर किन्न पाउनेछन् । जसको मूल्य सातसय रुपैयाँ पर्नेछ । पूरा भरिएको सिलिन्डरको मूल्य १४ सय रुपैयाँ थियो । नेपाल आयल निगमले काठमाडौंमा चर्किएको ग्यासको अभावको समस्या टार्न एकैपटक धेरै बुलेट ग्यास भित्राएर आधा सिलिन्डर भरेर बिक्री गर्ने योजना बनाएको छ । जसअनुसार वीरगञ्जबाहेक अन्य नाकाबाट छिटपुट रुपमा भित्रिएका बुलेटलाई एकत्रित गरेर काठमाडौं ल्याईँदैछ ।

‘यसअघि उद्योगहरुमै उपभोक्ताको भिड लागेका कारण बजारसम्म ग्यास आएन ।’ एक बुलेट ग्यासले झण्डै १२ सय ५० सिलिन्डर ग्यास भरिन्छ । तर, आधा सिलिन्डर मात्र ग्यास भर्दा एक बुलेटबाट झण्डै २५ सय उपभोक्ताले ग्यास पाउनेछन् ।

Spread the love