आउदानी तिम्रो घर बाटैमा, जादानि तिम्रो घर बाटैमा, जाली रुमाल – गीतकार बि. पाण्डे

आउदानी तिम्रो घर बाटैमा
जादानि तिम्रो घर बाटैमा
जाली रुमाल
जाली रुमाल
जाली रुमाल हल्लाउदै हिडे हातैमा

तिम्रो रुप जवानिले तान्नु सम्म तान्यो
शिकारिले सिकार झै दिल्मै छुरा हान्यो
आउदानी भेट हुने बाटैमा
जादानी भेट हुने बाटैमा
जाली रुमाल——–
जाली रुमाल
जाली रुमाल हल्लाउदै हिडे हातैमा

भेट हुदा रिसाउछे बोल्नै डर लाग्ने
आफुलाइ नि मनको कुरा खोल्नै डर लाग्ने
आउदानी बात हुने आखैमा
जादानी बात हुने आखैमा
जाली रुमाल———
जाली रुमाल
जाली रुमाल हल्लाउदै हिडे हातैमा

Spread the love