प्रदेश नम्बर २ को निर्वाचन असोज २ – मन्त्रिपरिषद्को निर्णय

काठमाडौं:  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बसेको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा)को माग अनुसार नै प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। प्रदेश नम्बर २ को निर्वाचन मिति सरे पनि अन्य प्रदेशमा असार १४ गते नै निर्वाचन हुनेछ। विना विभागीय मन्त्री प्रभु शाहका अनुसार प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने र असार २ गतेका लागि तोकिएको प्रदेश नम्बर १, ५, ७ को मनोनय दर्ता असार ४ गतेका गर्ने निर्णय गरेको छ। बिहीबार नै मन्त्रिपरिषद्को निर्णय गृहमन्त्रालयमा पठाइने र गृहमन्त्रालयले निर्णयको प्रतिलिपि निर्वाचन अयोगमा पुर्याउने छ।

Spread the love