घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै

 २०७३ , कार्तिक १४ :  यमपञ्चकको तेस्रो दिन आज घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी आज दिनभरी व्रत बसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी घरघरमा दीपावgली गर्ने चलन छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने गरिन्छ । आज साँझमा  दीपावली गरिसकेपछि गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्ने चलन छ । घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गर्नाले त्यस घरमा लक्ष्मीको बास हुने र सम्पन्नता छाउने धार्मिक बिश्वास छ ।

Spread the love