मन्त्री लालबाबु पण्डितलाई आज सम्मान

lal babu pandit
काठमाडौँ, १३ साउन । नेपाल कुमाल समाज सुधार समितिले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आज सम्मान गरेको छ ।समितिले यहाँ एक कार्यक्रम गरी कुमाल समुदायबाट इतिहासमै पहिलोपटक मन्त्री बन्नुभएको भन्दै सम्मान गरेको हो । सम्मानपछि मन्त्री पण्डितले देशको माया गर्नेलाई सम्मान गर्नुपर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । उहाँले डिभी र पिआर लिएर देशमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने दोहो¥याउनु भयो ।
पूर्व सभासद् शारदा कुमालले समावेशी प्रतिनिधित्व गराउने खालको कानुन आवश्यक रहेको धारणा राख्नु भयो ।समिति तनहुँका अध्यक्ष खिमबहादुर कुमालले ७२ जिल्लामा रहेका एक लाखभन्दा बढी कुमाल सङ्गठित हुनु आवश्यक रहेको बताउनुभयो ।
Spread the love