लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

चितवन : जिल्ला महिला समन्वय समिति, जिल्ला विकास समितिद्वारा आयोजित  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०१६ शुक्रबारबाट सुरू भएको छ । कार्यक्रमको उद्घाटन गर्दै  चितवन जिल्लाबाट सरुवा भएर रुपन्देही जान लागेका प्रजिअ सिंहले आफ्नो कार्यकालभर चितवन जिल्लावासीको माया, ममता र सहयोगका कारण काम गर्न निकै सहजहुने छ । आफ्नै घरभित्र पनि श्रीमान्–श्रीमतीबीच अथवा अन्य परिवारका सदस्यहरुबीच हुँदै आएको हिंसालाई यस कार्यक्रमले न्यूनीकरण गर्नमा ठूलो मद्दत यस कार्यक्रमको लक्ष हो ।
‘यस्तो कार्यक्रम गर्दैमा हत्या, हिंसाजस्ता घटना कम हुने होइन’, उनले भने, ‘ लैङ्गिक हिंसा न्यूनीकरणका लागि हिंसा किन र के कारणले भइरहेको छ भनेर खोजी गर्नु आवश्यक छ ।’ यस्तै स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले यो अभियानका लागि महिला पुरुष दुवैको समान सहभागिता आवश्यक रहेको बताए । लिङ्गको आधारमा महिला पुरुष दुवै पक्ष हिंसामा पर्ने गरेकोले यसको विरुद्धमा महिला र पुरुष एक्लै एक्लैले गर्छु , साथै समय–समयमा महिलाहिंसा विरुद्धका कार्यक्रमहरु आयोजना गरेरमात्रै हिंसा न्यूनीकरण गर्न नसक्ने कुरामा यस कार्यक्रममा सहभागीको भनाई छ ।  विभिन्न नारासहितको ¥यालीसमेत निकालिएको थियो । भरतपुरको वीरेन्द्र क्याम्पस गेटबाट निस्केको बृहत् ¥याली चौबीसकोठी, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला विकास समितिमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।  कार्यक्रम नोभेम्बर २५ तारिखमा महिला अधिकार दिवसका दिनदेखि सुरू भई डिसेम्बर १० अर्थात् मानवअधिकार दिवसको दिन सकिने छ ।
Spread the love