आज कुशे औँसी मनाइदै

भाद्र कृष्ण औंसीका दिन मनाइने पर्व कुशे औंसी पर्व हो । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूले आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई, फलफूल, वस्त्र तथा मणि माणिक्य जस्ता सामान दिएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ भने बाबु नहुनेले  यसै दिन गोकर्णेश्वरमा श्राद्ध तर्पण दान गर्ने प्रचलन रहेको छ ।

कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँने गरीन्छ। कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँने गरीन्छ। हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन्

बुबा नहुनेले भने काठमाण्डौ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्छन् ।

Spread the love