एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

१ कात्तिक, काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले १० अर्ब लगानी भित्र्याउने प्रतिबद्धता पूरा गर्ने घोषणा गरेका छन् । पन्तले प्रत्यासी कुल आचार्यलाई १४७ मतले पराजित गर्दै विजयी भएका छन् । एक हजार २१७ मत ल्याएर पन्त विजयी हुदाँ आचार्यले एक हजार ७० मत ल्याएका हुन्। खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएको निर्वाचन आयोगले जनाएको छ। अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई हराउँदै पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । पन्तले १२१७ मत ल्याउँदा आचार्यले १०७० मत ल्याए ।

महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा पन्त महेशकुमार श्रेष्ठ विजयी भएका छन् भने सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन्  । सह–कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् । यसैगरी युराेप संयाेजकमा नारायण प्रसाद आचार्य विजयी हुँदा पसंयोजकमा कृष्ण प्रसाद तिमल्सिना, शुक्रराज न्याैपाने र मुक्त बहादुर गुरुङ विजयी भए ।  महिला संयोजकमा भोमादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ,  मध्यपूर्व क्षेत्रको संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल, महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी चयन भएको निर्वाचन आयुक्त शिवप्रसाद रिजालले जानकारी दिए ।




Spread the love