ग्यास प्रशोधन गर्दा समय लाग्ला घरमा ग्यासको पाइप पुर्या‍उँछौ – प्रधानमन्त्री ओली

KP Sharma Oli elected as new Prime Minister of Nepal
काठमाडौं –  जनताका घरघरमा ग्यासको पाइपलाइन जोड्न सम्भव रहेको जिकिर गर्दै विश्वका धेरै देशले गरेको अभ्यास नेपालमा गर्न अभ्यास गर्न खोज्दा पत्रकारहरुले नै उडाएकोमा गुनासो गरेका छन् । गलादेश, पाकिस्तान, रुस, अमेरिका, जापान, कोरिया र चीनमासमेत पाइप लाइनबाटै ग्यास वितरण भइरहेको जनाउँदै केही जटिलता भएपनि नेपालमा पनि सोही विधिबाट ग्यास वितरण गर्न सरकार सक्रिय भएको प्रम ओलीले बताए ।  ‘समय लाग्ने भएपनि जनताको घरघरमा ग्यासको पाइप लाइन जोड्न सम्भव छ’, प्राध्यापक डा. अरुण सायमी, डा. हेमन्द श्रेष्ठ र सूर्य देवकोटाले लेखेको पुस्तकको बालुवाटारमा बिमोचन गर्दै प्रमले भने, ‘मैले असम्भव कुरा गरेको थिइँन । विश्वका अन्य देशका जनता ग्यास सिलिन्डर बोकेर हिँड्दैनन् । ग्यासको पाइप लाइन घरघरमै छ ।’ उत्खनन गर्दा र ग्यास प्रशोधन गर्दा समय लाग्ला तर जनताको घरमा ग्यासको पाइप पुर्या‍उँछौ ।’
Spread the love