ओली सरकार कुन पार्टीको हो?-बाबुराम भट्टराई

Baburam-Bhattarai1

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि  पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकार कुन पार्टीको हो नेकपाले छिटो प्रष्ट पार्नुपर्ने बताएका छन्।  ‘नेकपा, नेपाली कांग्रेस र जनता समाजवादीका शीर्ष नेता कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसियो। प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको जानकारी दिँदै भट्टराईले भनेका छन्। भट्टराईका अनुसार उक्त बैठकमा प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको निष्कर्ष निकालिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार नेकपा, जसपासहित दलको बैठक बसेको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गरेका भट्टराईले प्रमुख प्रतिपक्षी कांग्रेससहित दलहरू प्रधानमन्त्री ओलीको कदमविरूद्ध सडक संघर्षमा उत्रिने तयारीमा छन्।

Spread the love