भारत भ्रमण पूर्ण सफल भयो- प्रधानमन्त्री ओली

Modi_Oli

 नयाँदिल्ली – ।मेरो भारत भ्रमण पूर्ण सफल भयो ।’प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतका जायज चासो र चिन्तालाई सम्बोधन गर्न नेपाल सरकार तयार रहेको बताए ।संविधान जारी भएको छोटो समयमा नै संशोधन गर्नुले आफूहरु लचिलो भन्ने प्रमाणित भएको भन्दै उनले जायज माग सम्बोधन हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सम्वन्धमा देखिएको असमझदारी हटाउने आफ्ना उद्देश्य पुरा भएको बताए । साथै उनले भ्रमण पूर्ण सफल भएको बताए ।  मधेसी मोर्चाका नेताले फेरि नाकाबन्दी गर्छु भनेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘यहाँबाट गएपछि हामी सोध्छौं कि बेखुसी ।’आफूहरु उनीहरुको कुरा सुन्न खुला रहेको र जायज माग सम्बोधन गर्न तयार रहेको उनले बताए ।

Spread the love