लोभमा मृगौला बेच्दै – सीईओ सहित पाँच जनालाई पक्राउ

काठमाडौँ : काभ्रे स्थायी घर भई हाल भक्तपुरको एक गलैँचा कारखानामा काम गर्ने युवकलाई तीन लाख रुपैयाँ पाउने लोभमा मृगौला भिक्न लागेको पाईएकोले अस्पतालका चिकित्सक र कार्यकारी प्रमुख (सीईओ)सहित पाँच जनालाई पक्राउ गरेको छ।
ब्‍यूरोका डीएसपी राजकुमार सिलवालका अनुसार लामाले रामेछापकै आफ्नै भान्जाको मृगौला लिने भनेर नाता प्रमाणित गरेर ल्याए पनि मृगौला दिने बेलामा अर्कै मान्छेलाई प्रत्यारोपण गरेका थिए ।


ब्‍यूरोका डीएसपी राजकुमार सिलवाल


नाता प्रमाणित अनुसारको कागज समितिको बैठकमा पुगे पनि मृगौला दिने मान्छे भने परिवर्तन भएको देखिन्छ। त्यसमा समितिको लापरबाही देखिन्छ । प्रहरीले मृगौला दिने व्यक्तिलाई ३ लाख रुपैयाँ दिइएको देखिए पनि त्यहाँ ठुलो रकमको चलखेल भएको आशंका गरेको छ। दलालमार्फत ती व्यक्ति मृगौला पीडितको सम्पर्कमा पुगेको र अस्पतालको समितिको बैठकले पनि गलत काम गरेकाले त्यहाँ मोटो रकमको चलखेल भएको हुन सक्ने ब्‍यूरोको आशंका छ।

Spread the love