भिटोफले काउलेपानी गाउँ प्रवद्र्धनार्थ स्थलगत भ्रमण गर्ने

kaulepani

 दि पावर न्युज संवाद दाता, काठमाडौ – गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले ३५औं विश्व पर्यटन दिवशको अवसरमा घोषणा गरिएका लम्जुङको काउले पानी गाउँलाई प्रवद्र्धन गर्ने भएको छ । उक्त गाउँको प्रवद्र्धनको लागि भिटोफ–नेपालद्वारा स्थलगत अध्ययन अवलोकन भ्रमण कार्यक्रम आयोजना गर्न लागेको छ ।
उक्त गाउँको प्रवद्र्धनको लागि आगामी पौष २५ र २६ गते स्थलगत अध्ययन अवलोकन भ्रमण कार्यक्रम तय गरिएको भिटोफ–नेपालले जनाएको छ । उक्त कार्यक्रममा पर्यटन सचिव, विशेषज्ञसहितको ६० जनाको टोली काउले पानी पुग्ने कार्यक्रम छ ।
भिटोफ नेपालले हरेक वर्ष एक नयाँ गाउँलाई प्रवद्र्धन गर्दै आएको छ । यसअघि बारपाक, चित्लाङ, घलेगाउँ, तनहुँसुरलगायतका गाउँको पर्यटन प्रवद्र्धनको लागि स्थलगत अध्ययन अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिसकेको छ ।

Spread the love