उपत्यकाको फोहोर व्यवस्थापन गर्न सिसडोलसम्म हम्मेहम्मे

काठमाडौं, असार २६ : सिसडोलसम्म फोहोर लैजाने  ठाउँसम्म जान फोहोरकै बाटो बनेको छ। उपत्यकाको फोहोर व्यवस्थापनका लागि बर्खाभरि समस्या हुने भएको छ। बाटोमा समस्या आउने हुनाले बर्खा महिनाभरि समस्या हुने काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ।  ती फोहोर पानी पर्दा आफैं बग्न थाल्छ। ढलान गर्न पनि नमिल्ने हुनाले बर्खा महिनाभरि फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे समस्या त छँदैछ। फोहोर व्यवस्थापन गर्न बनेको बञ्चरेडाँडा कसले बनाउने अन्योल भएकाले यो समस्या झन् जटिल भएको महानगरले फोहोर व्यवस्थापन गर्न कम फोहोर उत्पादन गर्ने कार्यक्रम सञ्चालनमा ध्यान दिएको छ। काठमाडौं र ललितपुर महानगरमा फोहोर व्यवस्थापन गर्न उपप्रमुखको संयोजकत्वमा एउटा टोली पनि गठन गरिएको छ। कीर्तिपुर नगरपालिकाले भने नगरपालिकाभित्र उत्पादन हुने फोहोर आन्तरिक रूपमै व्यवस्थापन गर्न ध्यान दिएको छ। नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सिकाउन आमा समूहहरूलाई विभिन्न जिल्लामा भ्रमण समेत गराउँदै आएको छ।  बाटो बिग्रिएर गत हप्ता फोहोर सिसडोलसम्म पुर्याउन नसक्दा तीन दिनसम्म फोहोर सडकमा थुप्रिएको छ।

Spread the love