अमेरिकामा ‘कालोपोथी’ हेर्न नेपालीको ठुलो उत्साह

kalo pothi

अमेरिका – अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालसबाट ‘कालोपोथी’ औपचारिक रूपमा अमेरिकामा हलहरुमा प्रदर्शनका लागि प्रवेश गरेको हो। ड्यालसको दुईवटा हलहरुमा शुक्रवार यो फिल्म प्रदर्शन भए। अमेरिकामा नेपाली चलचित्र ‘कालोपोथी’ को प्रदर्शनी सुरु भएको छ।

घरमा पालेको सेतोपोथीलाई बाउले बेचिदिएपछि त्यसलाई पुनः पाउनका लागि बालकले गर्नुपरेको कष्ट र माओवादी द्वन्द्वले निम्त्याएको पारिवारिक विघटन, विस्थापनलाई पनि कालोपोथीले बाहिर ल्याइदिएको छ । ‘समग्रमा कालोपोथीलाई कर्णालीको नेपाली समाजको चित्रण गर्ने फिल्मका रूपमा मैले लिएँ,’ फिल्म हेर्न हलमा पुगेका युलेसका दीपकराज पोखरेलले प्रतिकृया दिए । केही नेपालीहरूले भने फिल्मलाई प्रेम र बिछोडमा आधारित सम्झेर हलमा गएकोमा त्यस अनुसार नपाएको प्रतिकृया दिए । तर अधिकांश नेपाली दर्शकहरूले भने हलिउड थियटरमा नेपाली फिल्म लागेर हेर्न पाउनुनै गर्वको विषय भएको बताएका छन् ।
नेपालबाट फिल्म ल्याएर हलमा देखाउने सम्पूर्ण व्यबस्थापन गर्ने भास्टिका इन्कका प्रमुख गौरी जोशीले एक पटक हेर्नै पर्ने नेपाली फिल्म भएकोले सपरिवार उपस्थित हुन अपिल गर्नुभएको छ । https://www.youtube.com/watch?v=wS4C8MQUFds

Spread the love