एक वर्षमै दुई अर्बको कागती आयात

काठमाडौं :  ०७४–७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको छ। एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ। सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा  राष्ट्रिय फलफूल विकास कागती सुन्तला जातमा पर्ने फलफूल हो।  तरकारी, फलफूलमात्र नभएर मुलुकमा १६ लाख मेट्रिक टन खाद्यान्न अपुग छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत वर्ष चामल, मकै, गहुँ, कोदोलगायत खाद्यान्न मात्र १५ लाख ५७ हजार ९ सय ४५ मेट्रिक टन आयात भएको थियो। वर्षेनी जनसंख्या वृद्धिसँगै खाद्यान्न अपुग हुँदै गएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म करिब २५ करोड रुपैयाँको कागती आयात भएको देखिन्छ। धनियाँदेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै भर पर्नुपर्ने अवस्था छ। चालु आवको चार महिनामा नौ अर्ब ४० करोड ४७ लाख ६० हजार रुपैयाँ मूल्यबराबरको तरकारी मात्र आयात भएको छ। कृषिजन्य वस्तुको आयात बढेपछि मुलुकको व्यापारघाटा पनि अकासिएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष ०७५–७६ को पहिलो चार महिनामा व्यापारघाटा चार खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

Spread the love