म्याग्दी-पर्वत-कास्की धार्मिक सेवा तथा जागरण अभियान सम्पन्न :- हङ्कङ नेपाल हिन्दू एसोसिएसन

हिन्दू मन्दिरकी अध्यक्ष गोमा देवी शर्माको अगुवाइमा एक टोलीले म्याग्दी-पर्वत-कास्कीका धार्मिक स्थलको भ्रमण गर्नुका साथै त्यहाँस्थित बृद्ध बृद्धालाई फलफूल तथा खाद्यान्न बितरण गरेका छन । एसोसिएसनकी अध्यक्ष शर्मा तथा आध्यात्मिक पत्रकार समाजका अध्यक्ष तथा कवच पत्रीकाका सम्पादक शिरोमणि दवाडी तथा भजन गायिका सुनिता श्रेष्ठ सहितको समूह म्याग्दीको तातोपानी कुण्ड,गलेश्वर शिव धाम तथा कास्की बिन्ध्यवासिनी मन्दिर पुगी दर्शन गर्नुका साथै आध्यात्मिक पत्रीका “कवच” प्रवर्धनार्थ विभिन्न ब्यक्तित्वलाई भेट गरेका हुन ।सोही अवसरमा गलेश्वर धामका अध्यक्ष रुद्रबहादुर केसी कार्कीको उपस्थितिमा गलेश्वर धाममा रहेका बृद्धबृद्धालाई हङकङ नेपाल हिन्दू एसोसिएसनकी अध्यक्ष गोमादेवी शर्माले खाद्यान्न तथा फलफूल बितरण गर्नुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले सेवा नै धर्म भएकाले धर्म गर्न सबैले सत्कर्म गर्नुपर्ने बताउनुभयो । उहाँले धर्म शास्त्रले बबृद्धाबृद्धको सेवालाई उत्तम कर्म ठानेको बताउनुभयो।धामका अध्यक्ष कार्कीले हङकङमा हिन्दू मन्दिर संचालन गरेर शर्माले उदाहरणीय कार्य गरेको बताउदै उहाँको कदम नेपाली नारीको गर्वको बिषय भएको चर्चा गर्नुभयो। संचारकर्मी शिरोमणि दवाडीले युवा समुदायलाई नैतिकताको पाठ सिकाउन आध्यात्मिक चेतना जरुरी भएकाले “कवच” पत्रीकामार्फत अन्तरास्ट्रिय स्तरमै आध्यात्मिक चेतना संचालन गर्न लागिएको जानकारी गराउनुभयो। उहाँले हालै हङकङ,बर्मा,थाइल्यान्ड र भारतमा “कवच” आध्यात्मिक जागरण अभियान पूरा भएको समेत जानकारी गराउनुभयो। यसैबीच आगामी नयाँ बर्षका अवसर पारी कवच पत्रीकाको समन्वय तथा एसोसिएसनद्वारा हङकङमा संचालित हिन्दू मन्दिरको अगुवाइमा हङकङबाट एक टोली नेपाल तथा भारतका तिर्थस्थलको भ्रमणमा आउदै छ। @पवित्रा पौडेल,काठमाण्डौ।
hangkong nepal Hindu assassination 5hangkong nepal Hindu assassination 4hangkong nepal Hindu assassinationhangkong nepal Hindu assassination 2

Spread the love