कोरिया परीक्षाबारे ललितपुर तनावग्रस्त, दुईको मृत्यु

कोरिया जानका लागि  परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार ज्यान गुमाउने व्यक्ति दैलेख घर भएका २३ वर्षीय सुजन राउत हुन्।आक्रोशित प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आगो लगाएर क्षति ग्रस्त बनाएका छन्।प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । प्रहरीले ५४ जनालाई पक्राउ गरेको र भीडलाई तितरबितर बनाएको अधिकारीहरूले जनाएका छन्।सो प्रदर्शनका कारण दिनभर ललितपुरको ग्वार्को, बालकुमारी र आसपासको क्षेत्र तनावग्रस्त रह्यो।  उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।

Spread the love