जुवाको खालमा प्रहरीको छापा २२ पक्राउ

बारा  : ईलाका प्रहरी कार्यालय निजगढको टोलिले बारा निजगढ नगरपालिकाको सिंगौलबाट प्रहरीले गए राती २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका जुवाडेहरुलाई छुटाउन जिल्ला स्थित नेताहरुले लबिङ्ग शुरु गरेको  छ । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा सहित २२ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई अनुशन्धान गरीरहेको डिएसपि रञ्जितसिंह राठौरले जनाएका छन् ।

Spread the love