महिलाले थुक पनि निल्न नहुने जितिया पर्व ! – व्रत बसेकी वृद्धाको मृत्यु

काठमाडौं : महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास (व्रत) बसेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ । जितिया पर्व तराइवासी मधेशी महिलाहरूले मनाएका छन् । कपिलवस्तु जिल्लाका कतिपय मधेसी र थारु समुदायमा आइतबार जितिया पर्व मनाएकाे हाे। व्रतमा थुक पनि निल्न नहुने २४ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको स्थानीय बताउँछन् । जितिया पर्वको समापनअघि कुनै खानेकुरा वा पानी खाएमा व्रत भङ्ग हुने मान्यता छ ।

महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त यो मनाउने गर्छन् । यसलाई जिवित पुत्र पर्वको रूपमा पनि मनाइने गरिन्छ । यो पर्वमा खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् । यसलाई ‘जिमुतवाहन’ व्रत पनि भनिन्छ । सन्तानको सुख शान्ति र चिरायूका लागि यो पर्व मनाउने चलन रहेको छ ।

Spread the love