जथाभावी बाटो काट्दै हुनुहुन्छ जरिवाना परिएला

१६ जेठ, काठमाडौं :  मंगलबारबाट उपत्यकाभित्रका सडकमा जथाभावी बाटो काट्ने र पेटी छोडेर सडकमा हिँड्ने पैदल यात्रु २ सय रुपैयाँ तिर्नुपर्ने ब्यवस्था लागू भएको महानगरीय ट्राफिक प्रहरी ले आज विहान ८ बजेबाट सुरु गरेको यो अभियानमा ४ घण्टाका बीचमा झण्डै १४ सय जना पैदलयात्रु कारवाहीमा परिसकेका छन् ।  जेब्रा क्रसिङ, आकाशे पुल, सब-वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? कि फुटपाथ छाडेर सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यो बानी त्यागिदिनुस्, नत्र तपाईंले ट्राफिक प्रहरीलाई २ सय रुपैयाँ जरिवाना तिर्नपर्नेछ । पैसा तिर्नु चाहनु भएन वा सक्नु भएन भने प्रहरी कार्यालयमा ३ घण्टा नियन्त्रणमा राखिनेछ ।

  ट्राफिक प्रहरीले विभिन्न स्थानमा प्रहरीको सहयोग लिएर जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिइरहेको छ ।  यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि यो व्यवस्था लागू गर्दै पैदल यात्रुलाई जेब्रा क्रसिङबाटै बाटो काट्नुपर्ने नियम लागू गरेको छ ।  सडक दुर्घटनामा जथाभावी बाटो काट्ने प्रवृत्ति पनि प्रमुख कारक मान्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो नियमलाई कडाइका साथ लागू गर्न लागेको हो ।

Spread the love