जनै पुर्णिमा बिशेष मेला

दि पावरन्युज सम्वाद दाता,काठमाडौ– नेपाली परम्परा अनुसार आज जनै पुर्णिमा देशका सबैभागहरुमा मेला लाग्ने गर्दछ । नेपालका बिशेष शिब मन्दिरहरुमा दर्शन गर्नहरुको भिड लाग्ने गर्दछ । नेपालका बुढानीलकण्ठ नरायण मन्दिर, झोर महँ‘कालको श्री बरुणेश्वर मन्दिर, तारकेश्वर, चण्डेश्वरी, मनिचुर बज्रयोगीनी लगाएत  धेरै स्थानमा आज बिहानै देखि मेला भर्ने भक्तजनहरुको घुइचो लाइरहेको छ ।


Janai Purnima Mela at Jhor Mahankal  Shiva mandir Baundeshwor

जनै फेर्नेहरुले हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

Spread the love