दूरी कायम गर्न नसक्दा कारागारमा कोरोना – सुन्धारामा मात्रै ४८ संक्रमित

काठमाडौं : सावधानी अपनाउँदा-अपनाउँदै कारागारमा संक्रमण देखिएको कारागारमा कोरोना संक्रमण त्रास बढेको छ। ठाउँ अभावले दूरी कायम गर्न नसक्दा संक्रमण जोखिम थपिएको छ। सुन्धारास्थित केन्द्रीय कारागारमा आइतबार थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको  हो। (कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी)को पीसीआर परीक्षण गरेको थियो। ५ सय ९४ कैदीबन्दी, २ सय ७ जना सुरक्षाकर्मी र ७८ जना कर्मचारीको स्वाब परीक्षण गरिएको हो।  विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए। संक्रमण जोखिम बढेसँगै पछिल्लो समय कैदीबन्दीको भेटघाटमा रोक लगाइएको छ। विभिन्न कारागारका कर्मचारी, कैदीबन्दी र सुरक्षाकर्मीसहित ६४ जनाको रिपोर्ट आउन बाँकी छ। देशभरका ७४ कारागारमा २४ हजार १ सय ६३ जना कैदीबन्दी छन्। यो संख्या क्षमताभन्दा बढी छ।

कैदीबन्दीलाई अस्पताल र बाहिर पठाउँदा पीपीई, माक्स र पन्जा लगाएर लाने गरिएको छ। ‘सबैतिर संक्रमण फैलिएका बेला कारागार कसरी अछुतो   रहेन ।सावधानी अपनाउँदा-अपनाउँद संक्रमण देखियो’  ‘संक्रमण देखिएका कारागारका कैदीबन्दीको उपचार भइरहेको र अधिकांश उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।’

कुन कारागारमा कति ?

पर्सा       ३३ जना (४ जना उपचाररत )

केन्द्रीय कारागार   ४८ जना

सुनसरी (झुम्का)   ८ जना (४ जना उपचाररत )

बाँके       ८ जना (उपचारपछि संक्रमण मुक्त)

सिरहा       ७ जना (तीन जना उपचाररत)

स्याङ्जा       १ (संक्रमण मुक्त)

सिन्धुपाल्चोक    २ जना (उपचारपछि संक्रमण मुक्त)

(स्रोत : कारागार व्यवस्थापन विभाग को ववसाईटवाट)

Spread the love