इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको तटीय क्षेत्रमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि ६ मिटर अग्ला सुनामीका कारण  ८ सय भन्दा बढि मनिसको मृत्यु  भएको छ । इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले सुरुमा आकलन गरिएको भन्दा निकै ठूलो क्षेत्र प्रभावित भएको जनाएको छ । मृत्यु भएकामध्ये अधिकांश पालु नगरबासी रहेका छन् । सयौं घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका भवनमा पनि क्षति भएकाले घाइतेको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ । कतिपय मृत्यु भएकाको शब सडकमै छरिएको अवस्थामा भेटिएको छ । सहरका विभिन्न स्थानमा राखिएका टेन्टमा घाइतेहरूको उपचार भइरहेको छ । पालुको मुख्य विमानस्थल बन्द भएको छ भने उद्धार शिविरमा बसिरहेका मानिसहरूलाई सेनाले कार्गो जहाजमार्फत राजधानी जाकार्ताबाट लगिएका उद्धार सामग्री बाँडेको छ ।

 

 

Spread the love