भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द गर्ने निर्णय – नेपाल केबुल टेलिभिजन संघ

indian-tv-channels
११ असोज, काठमाडौं – भारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरेको हो । केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरुले यस्तो निर्णय लिएका हुन् । बिभिन्न जिल्लाहरुमा सञ्चालित एफएमहरुले हिन्दी गीत बजाउनसमेत बन्द गरिसकेका छन् । नेपालमा अघोषित नाकाबन्दी गरेपछि भारत विरोधी भावना बढ्दै गएको छ । नेपालमा गरेको हस्तक्षेपको भारतीय नागरिकहरुले पनि विरोध गरिरहेका छन् ।
Spread the love