भारतीय च्याउ आयातमा रोक्न

माघ, काठमाडौं : बाहिरबाट आयात भएका च्याउमा नसड्ने विषादीयुक्त रसायन प्रयोग गरिएको हुँदा आयात रोक्न माग गरेको छ। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने किसान संघले जनाएको छ । बाहिरबाट ल्याएको च्याउ कसरी चार-पाँच दिनसम्म फ्रेस देखिन्छ । च्याउ उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उदेश्य रहे पनि सरकारले ध्यान नदिँदा नेपाली किसानहरू मारमा परिरहेको उनको भनाइ छ। ‘च्याउ खेतीका लागि आवश्यक उपकरण र बिउ खरिदमा पनि सरकारले सहुलियत दिएको छैन।

भारत सरकारले किसानहरूलाई अनुदान दिएको र प्रविधिको प्रयोगमार्फत न्यून लागतमा च्याउ उत्पादन गरिरहेको भए पनि नेपालमा सरकारले च्याउ उत्पादक किसानलाई सहुलियत नदिएको उनले गुनासो गरे। ५० हजार किसानले व्यवसायिक रूपमा च्याउ खेती गरिरहेको संघले जनाएको छ। च्याउका आइटमलाई सरकारले छुट दिएको छैन। ६० प्रतिशतसम्म भन्सार तिर्नु परेको छ।  यसमा ५० हजारकै हाराहारिमा श्रमिकहरू प्रत्यक्ष रोजगारीमा जोडिएको संघको भनाइ छ। संघका अनुसार नेपालमा वार्षिक तीन अर्ब बढीको च्याउको कारोबार हुने गरेको छ।

Spread the love