भारतीयको काश्मिर विमान दुर्घटनामा दुई जना पाइलटको मृत्यु

भारतीय वायुसेनाको एउटा लडाकु बिमान काश्मिरको कलान गाउँमा  खसेर दुर्घटना भएको छ । विमान दुर्घटनामा दुई जना पाइलटको ज्यान गएको  भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाज सहित बिमान पड्कियो र त्यसलगत्तै आगो दन्केको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।  दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको जानाइएको छ । भारत र पाकिस्तानबीच तनाव जारी रहेका बेला यो दुर्घटना भएको हो ।

 

 

Spread the love