गणतन्त्र दिवस प्रवचन कार्यक्रममा आमन्त्रण – मानव अधिकार तथा शान्ति समाज

Amnesty International Nepal : AI Nepal | Human Rights in Nepal

१२ औँ गणतन्त्र दिवसका उपलक्ष्यमा जेठ १५ गते लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित लोकतान्त्रिक गणतन्त्रको आधार : प्रेस स्वतन्त्रता र मानव अधिकार विषयक प्रवचन कार्यक्रममा यहाँलाई आमन्त्रण गर्दछु । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहित राजनीतिक समाजका प्रतिनिधिहरु, लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपूर्ण योगदान गर्ने नागरिक आन्दोलनका अगुवाहरु डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठ, अर्जुन पराजुलीसहित अग्रज पत्रकारहरुले मन्तव्य व्यक्त गर्नुहुने छ ।

 
कार्यक्रम

मिति : १५ जेठ २०७६
समय : दिउँसो ठिक २ बजे प्रारम्भ
स्थान : स्टार भेन्यु, नारायणचौर नक्साल, काठमाण्डौँ (अन्त्यमा जलपान)
प्रार्थी 
उत्तम पुडासैनी 
सभापति
मानव अधिकार तथा शान्ति समाज
फोन : ९८५११७५७७७
मिति : २०७६/०२/१०

Spread the love