मजुवा चुनढुङगा संचालनमा अवरोध- हेटौंडा सिमेन्टद्धारा चिन्ता

मजुवा चुनढुङगा संचालनमा अवरोध भएपछि हेटौंडा सिमेन्टद्धारा चिन्ता व्यक्त वि. सं. २०६८ सालतिर गढीगाउँपालिका ५ मा रहेको मजुवा चुनढुङगा खानी संचालनमा अवरोध भएपछि हेटौंडा सिमेन्टले चिन्ता व्यक्त गरेको छ । उद्योगले आज हेटौडामा पत्रकार सम्मेलन गरि समस्याबारे जानकारी दिएको हो । उक्त खानी बाट १ लाख ५० मेट्रिक टन चुनढुङगा आपुर्तिका लागि ओम साई कन्स्ट्र«क्सनसँग ठेक्का सम्झौता भएतापनि स्थानियबासीबाट अवरोध भएपछि उत्खननमा समस्या आएको हो । गाउँपालिका प्रमुख, वडा अध्यक्ष, सदस्यहरु, स्थानियबासीबिच पटक पटक छलफल हुदाँ पनि समस्याको समाधान नभएको उद्योगका महाप्रबन्धक प्रेम शंकर सिंहले बताउनुभयो । स्थानियको ११ बुदे मागमध्ये ९ वटा बुँदामा सहमति भएको र २ बुँदामा सहमति नभएकोले संचालनमा अवरोध आएको सिंहले बताउनुभयो । जोगीमारा र ओखरेको भन्दा मजुवाको चुनढुङगा गुणात्मक हुने हुँदो सिमेन्ट राम्रो हुने समेत सिंहले जानकारी दिनुुभयो । उद्योगबाट नजिक र पहुँचको हिसाबले पनि मजुवा राम्रो मानिने बताउँदै सिंहले ३ सय ८६ रोपनी जग्गा सिमेन्टले लिइसकेको र अहिले सोही जग्गामा स्थानियबासी नै बसोबास गरिरहेको बताउनुभयो । उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले कार्यत्रममा बोल्दै खाद्य सुरक्षाको ग्यारेन्टी गर भन्दै अवरोध जनाएपछि हामी पटक पटक छलफल गरेता पनि अवरोध जनाइरहे भन्नुभयो । प्रदेश सभाका सभासद, स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थितीमा छलफल गर्न बसेतापनि केहि पक्षका स्थानियले अवरोध गरेको न्यौपाने बताउनुभयो । भोलि ७ गते पुनः जिल्ला समन्वय समितिको हलमा छलफल गर्ने कामु महाप्रवन्धक मुकुन्दराज बानियाँले बताउनुभयो ।

Spread the love